प्रहरी र राजपा कार्यकर्ताबीच सप्तरीमा झडप
राष्ट्रिय जनता पार्टी (राजपा) र प्रहरीबीच सप्तरीको राजविरामा झडप हुँदा राजपाका केही नेता र कार्यकर्ता घाइते भएका छन् ।
निर्वाचनको विरोधमा रहेको राजपाका कार्यकर्ताहरु राजविराजस्थ्ति मुख्य निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गर्न गएपछि प्रहरी र उनीहरुबीच झडप भएको हो ।
झड्पका क्रममा प्रहरीले गरेको लाठी चार्जबाट राजपाका दिपेन्द्र चौधरी, सतीष सिंह लगायत घाइते भएका छन् । घाइतेहरुको सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ताला लगाउन नदिएपछि राजपाका नेता/कार्यकर्ताहरुले मुख्य निर्वाचन अधिकृतको कार्यालय घेराउ गरी दिनभरी नाराबाजी गरेका छन् ।
saptari, rajbiraj