असुरक्षित आकाश, यस्तो छ नेपालमा भएका हवाई दुर्घटनाहरुको डरलाग्दो ईतिहास
नेपालकै आकाशमा दुर्घटना हुदाँ १ सय १३ जना यात्रुले ज्यान गुमाएका थिए ।
हुम्लास्थित सिमकोटका लागि सुर्खेतबाट उडेको सेनाको स्काई ट्रक (जहाज) बाजुराको कोल्टी विमानस्थलमा दुर्घटना हुँदा क्याप्टेन महासेनानी कैलाश गुरूङको घटनास्थलमै मृत्यु भएको छ। तीन दिन अघिमात्र शनिबार गोमा एयरका नाइन एन एके वाइ कलसाइन भएकोे कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना भयाे। जसमा पाइलट पारस राई र को पाइलट सृजन मानन्धरले ज्यान गुमाए।
एक हप्ता नवित्दै भएका यी दुर्इ हवार्इ दुर्घटनासँगै नेपालकाे हवार्इ क्षेत्र कति सुरक्षित छ भन्ने बहस सुरू भएकाे छ। नेपालमा हवार्इ दुर्घटनाकाे इतिहास केलाउदा नेपालको आकाश सुरक्षित बन्न सकेकाे देखिदैन्। यसका प्रमुख कारणहरूमा भैगोलिक बनावट, मौसमकाे गडबढी, इन्जिनियरिङ खराबी लगायतका प्रमुख छन् ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण (आईकाओले) नेपालको हवाईसेवालाई असुरक्षितको सुचीमा राखेको छ। तर, पनि याे समस्याबाट कसरी पार पाउने भन्ने साेचमा खासै प्रगती भएकाे देखिदैन्। साेहीकारण हाल सम्म नेपालमा भएका विभिन्न दुर्घटनाहरूमा सयाैं निर्दाेष नागरिकले अकालमै ज्यान गुमाउनुपरेकेा छ। नेपालमा हालसम्म भएका हवार्इ दुर्घटनाहरू मध्येका मुख्य घटनाहरू यस्ता छन्ः-
- ६ अक्टोवर १९७३ - नेपालमा पहिलो पटक हवाई दुर्घटना । चालक दलका ३ जना सहित ३ यात्रु घाईते ।
- ९ जून १९९१ - काठमाडौंबाट लुक्लाका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज दुर्घटना । चालक दलका ३ सहित १४ जनाकाे मृत्यु ।
- ३१ जूलाई १९९२ - थाईएयरलाईन्सको विमान काठमाडाैंमा अवतरण गर्ने क्रममा पहाडमा ठोक्किएर दुर्घटना । १ सय १३ जना यात्रुकाे मृत्यु ।
- २८ सेप्टेम्बर ११९२ - पाकिस्तान एयरलाईन्सको विमान दुर्घटना । १ सय ६७ यात्रुको मृत्यु ।
- १७ जनवरी १९९५ - काठमाडौंबाट रुम्जाटारका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज धावन मार्गमै दुर्घटना । २ जनाकाे मृत्यु ।
- ५ सेप्टेम्बर १९९९ - पोखराबाट काठमाडौं जादै गरेको नेकोन एयर विमान दुर्घटना । चालक दलका सदस्य सहित १५ जनाकाे ज्यान गयाे।
- २५ मे २००४ - काठमाडौंबाट लुक्लाका लागि उडेको यति एयरलाईन्सकाे विमान लाम्जुरा पहाडमा ठोक्किएर दुर्घटना । चालक दलका ३ सदस्यकाे मृत्यु
- ।
- १ अक्टोबर २००४ - सिता एयरवेज विमान लुक्ला विमान स्थलको धावन मार्गमा दुर्घटना - भने कुनै मानवीय क्षति भएन ।
- ३० जून २००५ - गोरखा एयरलाईन्सको विमान लुक्ला विमान स्थलको धावन मार्गमा धसिएर दुर्घटना । चालक दलका ३ जना सहित ९ जना यात्रु घाइते ।
- ८ अक्टोबर २००८ - यति एयरलाईन्सको विमान अवतरण गर्नै क्रममा आगलागी । ८ जनाले ज्यान गुमाए भने ८ जनाको उद्धार ।
- २४ अगस्त २०१० - अग्नि एयरको विमान मकवानपुरमा दुर्घटना । १४ जना यात्रुले ज्यान गुमाए।
- १६ डिसेम्बर २०१० - लामिडाडाबाट काठमाडौंका लागि उडेको तारा एयरको विमान ओखलढुंगाको श्रीचौर मानेडाडामा ठोक्किएर दुर्घटना । २२ जना यात्रुले ज्यान गुमाए।
- २५ सेप्टेम्बर २०११ - वुद्ध एयरको विमान ललितपुरको विसंखु नारायणमा दुर्घटना । जसमा १९ जना यात्रुले ज्यान गुमाए।
- २५ सेप्टेम्बर २०१२ - सिता एयरको विमान भक्रपुरको मनोहरामा खस्यो । जसमा १९ जना यात्रुले ज्यान गुमाए।
- १६ फेब्रुअरि २०१४ - काठमाडौंबाट जुम्लाका लागि उडेको नेपाल वायुसेवा निगमको जहाज अर्घाखांचीकाे खिदिममा दुर्घटना । जसमा १८ जनाले ज्यान गुमाए ।
- २४ फेबु्रअरि २०१६ - पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको जंगलमा खस्यो । चालक दल सहित २३ जना यात्रुले ज्यान गुमाए ।
- २७ मे २०१७ - गोमा एयरकाे कार्गो विमान लुक्ला विमानस्थलमा दुर्घटना । पाइलट पारस राई र काे पाइलट सृजन मानन्धरकाे मृत्यु ।
- ५ मे २०१७ - सुर्खेतबाट हुम्लाको सिमिकोटका लागि उडेको नेपाली सेनाको बाजुरामा दुर्घटना । क्याप्टेन कैलाश गुरुङको मृत्यु, सहचालक सेनानी अमृता आले र स्टे वार्ड पूर्णबहादुर खड्का गम्भिर घाइते ।