विदेश

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई कडा जवाफ

फ्रान्सका राष्ट्रपतिको पुटिनलाई कडा जवाफ


जेठ १६ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियामा कुनै प्रकारको रासायनिक अस्त्रको प्रयोग फ्रान्सलाई अमान्य हुने आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भनेका छन् ।

रासायनिक अस्त्रको प्रयोगले लक्ष्मण रेखा नाघ्ने र त्यसो गरिए फ्रान्सले तत्काल प्रतिक्रिया जनाउने माक्रोंले चेतावनी दिएका छन् । असहजपूर्ण देखिएको एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हालै निर्वाचित फ्रान्सका राष्ट्रपति माक्रोंले प्यारिस नजिकै रहेको भर्साइको दरबारमा आफ्ना रुसी समकक्षी पुटिनसँग भएको भेटवार्तामा फ्रान्सका विमतिहरु राखेको बताए ।

फ्रान्स र रुसबीच कूटनीतिक सम्बन्ध शुरु भएको ३०० वर्ष पुगेको अवसरमा भर्साइको दरबारमा एउटा प्रदर्शनीको माक्रों र पुटिनले उद्घाटन गरेका थिए ।
युक्रेनमा रुसी हस्तक्षेपविरुद्ध फ्रान्सले कडा अडान लिंदै आएको छ।

युक्रेनबारेको सहमतिबीच पुटिनले रुसविरुद्धको प्रतिबन्ध सहयोगी नभएको बताएका छन् ।

Putin Macro

विशेष