News

सबै मिलेर बस्नलायक काठमाडौं बनाउनेमा विद्यासुन्दरको अठोट

सबै मिलेर बस्नलायक काठमाडौं बनाउनेमा विद्यासुन्दरको अठोट

जेठ १७ । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यसहितका जनप्रतिनिधिले आज सपथग्रहण गरेका छन् । उक्त समारोहमा कांग्रेसका राजुराज जोशी बाहेक मेयरका अन्य सबै प्रमुख प्रतिस्पर्धी उम्मेदवारले सहभागिता जनाएर लोकतन्त्रको सुन्दरता प्रदर्शन गरेका छन् ।

सपथग्रहण समारोहमा रन्जु दर्शना, किशोर थापादेखि संघीय समाजवादी फोरमका पवित्र बज्राचार्य समेत सहभागी थिए । सपथग्रहण समारोहमा उनीहरुलाई सम्बोधन गर्दै शाक्यले भने अब आफूहरु सबै मिलेर महानगर बनाउने बताए ।

मेयर शाक्यले काठमाडौंलाई हेर्न लायक मात्रै नभएर बस्नलायक शहर बनाउने प्रतिवद्धता जनाए छन् । उनले फोहोर र सडकको खाल्डाखुल्डी ब्यवस्थापनका साना कामदेखि महत्वपूर्ण शहरी पूर्वाधार निर्माणसम्मका कामलाई अघि बढाइने बताएका छन् ।

शाक्यले भने, ‘हाम्रा शहरमा भूकम्पका कारण जीर्ण भएका जनताका थुप्रै घर पनि छन् । हामी स्थानीय सरकारको पहिलो निर्णय यस्तै महत्वपूर्ण विषयमा गर्छौं ।

शाक्यले निर्वा्चित जनप्रतिनिधिहरुलाई सम्बोधन गर्दै स्थानीय चुनावमा कुनै व्यक्ति वा पार्टीभन्दा पनि देशले जितेको बताए । उनले संविधान कार्यान्वयनका लागि यो निर्वाचन आवश्यक थियो रेको बताए । आज कसले जित्यो भन्नुभन्दा पनि महत्वपूर्ण देश जितेको उनले जिकिर गरे ।

उनले चुनावका क्रममा काठमाडौंमा पार्टीहरुबीच र उम्मेदवारहरुबीच ठूला आरोप(प्रत्यारोप नचलेको स्मरण गराउँदै अब पनि विकासका लागि सबै दल एकमत भएर अघि बढ्नुपर्ने बताए ।

मेयर शाक्यले लेखाई फरक भएपनि सबैका घोषणापत्रमा आएका विषय भएको बताउँदै विकासको एजेण्डामा आफूहरुकोे दुईमत हुने अवस्था रहँदैन भन्ने विश्वास रहेको जनाए ।

उनले ३२ वटै वडामा समान किसिमले विकास पुर्याउन महानगरपालिका लाग्ने बताए । उनले एमाले जितेका वडामा मात्रै विकास जाला भन्ने भ्रम नराख्न आग्रह गरे ।

कार्यक्रममा काठमाडौं महानगरपालिकाका नवर्निवाचित उप(मेयर हरिप्रभा खड्गीले पनि काठमाडौंलाई बस्नयोग्य शहर बनाउनु नै मुख्य चुनौति भएको बताइन् । त्यसैका लागि आफूले सबैसँग मिलेर काम गर्ने उनले बताइन् ।

उनले काठमाडौंको पर्यटकीय महत्वलाई चिनाउँदै भूकम्पबाट क्षति पुगेका सम्पदाको पुनर्निर्माणमा पनि प्राथमिकता दिएर काम गरिने बताइन् ।

bidhyasundar

विशेष