News

कावुल आक्रमण मृत्यु हुनेकाे संख्या ८० पुग्यो, ३५० बढी घाइते

कावुल आक्रमण मृत्यु हुनेकाे संख्या ८० पुग्यो, ३५० बढी घाइते

जेठ १७ । काठमाडौं । अफगानिस्तानको अति संवेदनशील कूटनीतिक क्षेत्रमा मानिने राजधानी काबुलस्थित भएको शक्तिशाली कार बम बिष्फोटमा परि मृत्यु हुनेको संख्या ८० पुगेको छ । घटनामा कम्तिमा ३ सय ५० जना घाइते भएका छन् ।

राष्ट्रपति भवन नजिकै, कुटनीतिक नियोगका कार्यालयहरु रहने स्थानमा बिहानको ब्यस्त समयमा बमहरुले भरिएको एउटा कार बिष्फोट गराइएको काबुलका अधिकारीलाई उदृत गर्दै अन्तर्रा्ष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिष्फोट जर्मन दूतावासनजिकै गराइएको थियो । त्यस क्षेत्रका सबैजसो भौतिक संरचनामा बिष्फोटले क्षति र्पुयाएको बताइएको छ । बिष्फोटस्थलबाट डेढ किलोमिटर टाढा रहेको भारतीय दूतावासमा समेत क्षति पुगेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

तालीवानले बिष्फोटको जिम्मेबारी लिन अस्वीकार गरेको छ भने इस्लामिक स्टेटका तर्फबाट घटनाबारे कुनै प्रतिक्रिया आएको छैन ।
दुर्घटनामा धेरैजसो अफगानी नागरिक मारिएका छन् । त्यस्तै बिदेशी कूटनीतिक नियोगका कर्मचारीहरु पनि बिष्फोटमा परेको बताइएको छ । तर अहिलेसम्म कुन देशका कति नागरिक हताहती भएको विवरण आइसकेको छैन ।

जर्मन बिदेशमन्त्री सिगमार ग्याब्रियलले दूतावासका कर्मचारीहरु घाइते भएको र एकजना अफगानी सुरक्षागार्डको मृत्यु भएको पुष्टि गरेका छन् । फ्रान्सेली अधिकारीले पनि आफ्नो दूतावासमा ठूलो क्षति पुगेको तर कूटनीतिज्ञहरुको हताहतीबारे जानकारी नभएको बताएका छन् ।

बेलायती र भारतीय अधिकारीहरुले आफ्ना कूटनीतिज्ञहरु सुरक्षित रहेको जनाएको छ । त्यस्तै जापानले आफ्ना दुई कूटनीतिज्ञ घाइते भएको जनाएको छ ।

kabul atack

विशेष