News

दोस्रो चरणको निर्वाचन फेरि १४ गते सर्यो, किसानहरु भोट हाल्न जाने की धान रोप्न ?

दोस्रो चरणको निर्वाचन फेरि १४ गते सर्यो, किसानहरु भोट हाल्न जाने की धान रोप्न ?

जेठ १४ । दोस्रो चरणको स्थानीय निर्वाचन फेरि असार १४ गतेलाई सर्ने भएको छ । चुनावी मितीबारे संसदले प्रतिवेदन दिएपनि निर्वाचन आयोगले भने घोषणा गरेको छैन ।

असार १५ गते विशेषगरि ‘धान दिवस’ भनेर पनि मनाइने गरिन्छ । दोस्रो चरणको निर्वाचनमा विशेषगरि तराईका भूभाग पर्ने हुनाले पनि किसानलाई धान रोप्ने की भोट हाल्नेबारे सास्ती हुन सक्नेबारे धेरैले अनुमान गरेका छन् । चुनावको लागि कार्यकर्ता पनि सबै काम छोडेर प्रचारमा खटिने भईहाले । 

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री लालुबाबु पण्डितलाई चुनाव सेर १४ गते पुग्यो, किसानहरु धान रोप्न जाने की मत हाल्न भन्ने नेपाल आजको प्रश्नमा उनले भने, ‘यो दुःखको विषय हो । तर, यसले तराईमा प्रभाव नपारे पनि पहाडमा भने प्रभाव पाने देखिन्छ । जे भएपनि अब भने चुनाव रोक्न हुँदैन भन्नेमा मेरो विश्वास छ ।’

उनी यतिबेला बिराटनगरमा उम्मेदवार चुन्ने प्रक्रियामा व्यस्त रहेका छन् । आफूलाई भने पहिला नै तोकिएको मितीमा चुनाव भएपनि केही आपत्ती नभएको नेता पण्डितले बताए ।

यसअघि सरकारले दोस्रो चरणको निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले स्थानीय तहको दोस्रो चरणको निर्वाचन पाँच दिन पर सार्ने निर्णय गरेको हो ।

मुसलमान समुदायको पवित्र पर्व रमजानको अन्तिम दिन असार ९ गते परेकाले सरकारले निर्वाचन पर सारेको उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो चरणको निर्वाचनको मितिका बारेमा निर्वाचन आयोगका पदाधिकारीसित मंगलबार छलफलसमेत गरेका थिए ।

Local Election

विशेष