News

काबुल बम बिस्फोटनमा नेपाली पनि

काबुल बम बिस्फोटनमा नेपाली पनि

जेठ १७ । दिल्लीस्थित नेपाली दूताबासले अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको जनाएको छ ।

काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएपनि विस्तृत विवरण प्राप्त नभएको बताइएको छ । पाँच नेपाली घाइते भएको भन्ने सम्म परराष्ट्र मन्त्रालयमार्फत दूताबासलाई खबर आएको छ ।

घाइतेहरुको नाम प्राप्त भएको छैन । उनीहरु दूताबासमा सुरक्षा गार्डका रुपमा कार्यरत थिए ।

बुधबार बिहान अफगानिस्तानको काबुलस्थित कूटनीतिक नियोगको कार्यालय रहने क्षेत्रमा भएको शक्तिशाली कार बम बिष्फोटमा ८० जनाको मृत्यु भएको थियो भने ३५० जना घाइते भएका छन् ।

विशेष