विदेश

बाढीका कारण १० जनाको मृत्यु कयौं घाइते

बाढीका कारण १० जनाको मृत्यु कयौं घाइते

वैशाख १८ । इन्डोनेसियाको पश्चिमी क्षेत्रको जाभा प्रान्तमा भिषण वर्षापछि आएको बाढीमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।

वर्षाका कारण जाभा क्षेत्रका केही गाउँमा बाढी आउँदा १० जनाको मृत्यु भएको छ भने ७१ घर बाढीले बगाएको छ । सो क्षेत्रका बाढीको जोखिममा रहेका सयौं स्थानीयलाई सुरक्षित स्थलतर्फ सारिएको छ ।

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि एक हजार ५०० सेना, प्रहरी र स्थानीय अधिकारी परिचालन गरिएको छ ।  यसैगरी सोही प्रान्तमा आइतबार भएको एक सडक दुर्घटनामा परी कम्तीमा ११ जना नागरिकको मृत्यु भएको छ । घटनामा ४७ जना घाइते भएका छन् ।

विशेष