News

कक्षा १२ को परीक्षासम्बन्धी लापरबाहीमा परीक्षा नियन्त्रक छानबिनमा, कर्मचारीसँग बयान लिन सुरु

कक्षा १२ को परीक्षासम्बन्धी लापरबाहीमा परीक्षा नियन्त्रक छानबिनमा, कर्मचारीसँग बयान लिन सुरु
वैशाख १८ – कक्षा १२ को परीक्षासम्बन्धी लापरबाही, अनियमितता र प्रश्नपत्र अभावका सम्बन्धमा शिक्षा मन्त्रालयले गठन गरेको तीन सदस्यीय छानबिन समितिले साेमबार सम्बन्धित कर्मचारीसँग बयान लिएको छ । मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा हरि लम्सालको संयोजकत्वमा गठित सो समितिले साेमबारबाट ती लापरबाही र अनियमिततामा संलग्न भएको आरोपमा राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कर्मचारीसँग बयान लिन सुरु गरेको हो । सो प्रकरणमा परीक्षा नियन्त्रक सन्तोषकुमार अर्याललाई निलम्बन गरी उपनियन्त्रक जयन्ती सत्याललाई निमित्तको जिम्मेवारी दिइएको छ । यही वैशाख १० गतेबाट सुरु भएको सो परीक्षाका कतिपय विषयका प्रश्नपत्रमा सन्दर्भ नमिल्ने प्रश्नहरु समावेश भएको र कतिपय केन्द्रमा प्रश्नपत्र अभाव पाइएको थियो । संयोजक लम्सालले समितिले यही वैशाख २० गते शिक्षामन्त्रीलाई प्रतिवेदन बुझाउने गरी काम गरेको बताए ।

विशेष