News

कार्कीमाथिकाे महाअभियोगविरूद्ध सर्वोच्चमा रिट

कार्कीमाथिकाे महाअभियोगविरूद्ध सर्वोच्चमा रिट
वैशाख – १९ । अधिवक्ता सुनिलरञ्जन सिंहले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता गराइएको महाअभियोग प्रस्तावविरुद्ध सर्चोच अदालतमा रिट पेस गरेका छन् । सिंहले आज(मंगलबार) उक्त रिट पेस गरेका हुन् । अधिवक्ता सिंहले संविधानमै विचारधीन अवस्थामा रहेको मुद्दाका आधारमा महाअभियोग लगाउन नपाउन भन्दै रिट पेस गरेका थिए । रिटमा उल्लेख गरिएअनुसार, संविधानको धारा १०५ ले अदालतमा विचाराधीन विषयमा सांसदमा प्रश्न उठाउन र कुनै निर्णय गर्न नपाइने भनेकोमा उक्त धारा मिच्दै सत्तारुढ दलले प्रधानन्यायधीश कार्कीलाई महाअभियोगको प्रस्ताव लगाएका हुन् । उक्त रिटमा उक्त प्रस्तावविरुद्ध आन्तरिम आदेश जारी गर्न माग गरिएको छ । यसरी हावाको भरमा महाअभियोग लगाउँदै जाने हो भने अदालतका स्वतन्त्रता र निष्पक्षता नरहने पनि रिटमा उल्लेख गरिएको छ । सर्वोच्च प्रशासनले भने रिट दर्ता गर्ने या नगर्ने भनेर निर्णय गरिसकेको छैन ।

विशेष