विदेश

भेनेजुएलाका राष्ट्रपतिद्वारा नयाँ संविधानका लागि आह्वान

भेनेजुएलाका राष्ट्रपतिद्वारा नयाँ संविधानका लागि आह्वान
बैशाख - १९ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले नयाँ संविधान बनाउनका लागि संविधान सभा गठन गर्न आह्वान गरेका छन्।लामो समयदेखि मुलुकमा जारी राजनीतिक सङ्कट समाधानका लागि संविधान सभा गठन गर्नु परेको राष्ट्रपति मादुरोले संकेत गरेका हुन् । दक्षिण अमेरिकी देश भेनेजुएलाको भविश्यका बारेमा निर्णय गर्न उहाँले फरक फरक राजनीतिक पार्टी र सामाजिक समूहहरुलाई आह्वान गरेका छन् । “मुलुकको आवश्यकता, उपलव्धिहरुको रक्षा र शान्ति स्थापनाका लागि वर्तमान संविधान अनुसार म आह्वान गर्दछु,” मादुरोले भने । सत्तारुढ दल समाजवादी पार्टी र प्रतिपक्षी अधिकारवादी पार्टीकाबीचमा गत केही हप्तादेखि द्धन्द्ध भएपछि सुरु भएको सरकार विरोधी आन्दोलनका क्रममा अहिले सम्म भेनेजुएलामा २९ जनाको मृत्यु भएको छ । सिन्ह्वा

विशेष