News

अख्तियारको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय

अख्तियारको प्रमुखमा दीप बस्न्यातको नाम सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णय
वैशाख – १९ । संवैधानिक परिषद्को बैठकले दीप बस्न्यातलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको छ । मंगलबार बसेको संवैधानिक परिषद्को बैठकले अख्तियारको कार्यवाहक प्रमुख आयुक्तमा राहेको बस्न्यातको नाम संसदीय सुनुवाईका लागि पठाउने निर्णय गरेको हो । बस्न्यातको नाम सिफारिपछि उनले अख्तियारको खस्किदो साखलाई उच्चा बनाउने बताउँदै सामूहिक कार्यप्रणाली अपनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । लोककमान सिंह कार्की निलम्बनमा परेयाता बस्न्यातले कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारी समाल्दै आएका थिए । संसदमा महाअभियोग दर्तापछि पूर्व प्रमुख आयुक्त कार्की निलम्बनमा परेका थिए ।

विशेष