विदेश

आइएसद्वारा शरणार्थी शिविरमा अाक्रमण, ३२ काे मृत्यु

आइएसद्वारा शरणार्थी शिविरमा अाक्रमण, ३२ काे मृत्यु
वैशाख - १९ । सिरियाको इराकी सिमाक्षेत्र नजीकै रहेको शरणार्थी शिविरमा इश्लामिक स्टेट (आइएस) समूहले मङ्गलबार गरेको आक्रमणमा परी कम्तिमा ३२ जनाको मृत्यु भएको सिरियाली मानव अधिकारवादी संस्थाले बताएको छ। शिविरको भित्र र बाहिर गरी कम्तिमा पाँच आक्रमणकारी प्रवेश गरी आत्मघाती विस्पोट गराएको र इराक साथै सिरियाको हसाकेह प्रान्तमा विस्तापित जीवन बिताउँदै आएका सिरियाली नागरिक समेतको घटनामा मृत्यु भएको, सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रमी अब्देल रहमानले बताए। आक्रमणपछि घटनास्थलमा आइएस लडाकू र ‘सिरियन डेमोक्रेटिक फोर्स’ का सुरक्षाकर्मीवीच ठूलो झडप भएको थियो । उक्त सुरक्षा बल अमेरिकी समर्थन प्राप्त कूर्दिस र अरबेली लडाकूको संयुक्त गठबन्धन सैन्य शक्ति हो । मृतकमध्ये केही कूर्दिस र अरबेली लडाकूसमेत रहेका रहमानले एएफपीलाई बताए। एएफपी

Syria

विशेष