विदेश

सिरियमा हवाई आक्रमणका विषयमा ट्रम्पले पुटिनसँग वार्ता गर्ने

सिरियमा हवाई आक्रमणका विषयमा ट्रम्पले पुटिनसँग वार्ता गर्ने
वैशाख - १९ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग म‌ंगलबार टेलिफोन वार्ता गर्ने भएका छन् । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले मङ्गलबार जारी गरेको राष्ट्रपति ट्रम्पको दैनिक कार्यसुचीमा पुटिनसँगको फोनवार्ता पनि उल्लेख रहेको अधिकारीहरुले जनाएका छन् । गत महिना सिरियामा अमेरिकाले हवाई आक्रमण गरेपछिको उनीहरुबीचमा पहिलो पटक टेलिफोन वार्ता हुन लागेको हो । स्थानीय समयानुसार मङ्गलबार दिउसो १२ः३० बजे ट्रम्पले पुटिनलाई फोन गर्ने भएका छन् । राष्ट्रपति ट्रम्पले गत अप्रिल ६ तारिखका दिन सिरियामा हवाई आक्रमण गर्न आदेश दिएका थिए । सिरियाको खान सैखौनमा सिरिया सरकारले रासायनिक हमला गरेपछि त्यसको बदलामा अमेरिकाले पनि हवाई आक्रमण गरेको थियो । त्यसपछि अमेरिका र रुसको सम्वन्ध चिसिएको थियो ।

विशेष