विदेश

आइएसको आक्रमणमा ३० सर्वसाधारणको मृत्यु

आइएसको आक्रमणमा ३० सर्वसाधारणको मृत्यु

वैशाख २० । बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) को आक्रमणमा परि सिरियामा सर्वसाधारण नागरिकसहित कम्तिमा ३० जनाको ज्यान गएको छ ।

इराकसंग सीमा जोडिएको सिरियाको उत्तर पूर्वी क्षेत्रमा आइएसका लडाकुले गरेको आक्रमणमा परि सर्वसाधारण नागरिक र कुर्दिस लडाकु गरी ३० जना भन्दा बढीको ज्यान गएको बिबिसीले जनाएको छ ।

विस्थापित भएका सिरियाली नागरिक तथा इराकी शरणार्थीका लागि राजम अल–सालिबीमा बनाइएको आश्रय स्थललाई लक्षित गरी आक्रमण भएको हो ।

मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले आइएसका पांचजना आत्मघाती बम आक्रमणकारीले आफैलाई विस्फोट गराएको र त्यसमा परि ३८ जनाको ज्यान गएको जनाएको छ । त्यसमध्ये २३ जना सर्वसाधारण नागरिक छन् । घटनामा अन्य ३० जना घाइते भएका छन् ।

ISI

विशेष