News

वैशाख २५ देखि शैक्षिक संस्था बन्द, ३१ गते सार्वजनिक विदा

वैशाख २५ देखि शैक्षिक संस्था बन्द, ३१ गते सार्वजनिक विदा

वैशाख – २० । निर्वाचन आयोगले आशन्न स्थानीय तहको निर्वाचनका लागि वैशाख ३१ गते आइतबार सार्वजनिक विदा दिन सरकारसमक्ष प्रस्ताव गरेको छ । पहिलो चरणको निर्वाचनलाई मध्यनजर गर्दै आयोगले सो दिन तीनवटा प्रदेशमा विदा दिने प्रस्ताव गरेका हो । स्थानीय तहको चुनाव हुने ३, ४ र ६ प्रदेशका ३४ जिल्लामा सो दिन सार्वजनिक विदा दिने प्रस्ताव आयोगले सरकारमा प्रस्ताव पेस गरेको छ । साथै, आयोगले सम्पूर्ण सरकारी तथा निजी शैक्षिक संस्थाहरु वैशाख २५ देखि ३१ गतेसम्म विदा दिन पनि आयोगले सरकारलाई प्रस्ताव गरेको छ । शैक्षिक संस्थालाई विदा देश भर नभइ तीनवटा जिल्लामा मात्र लागू हुने प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । तीन प्रदेशका ३४ जिल्लामा २ सय ८३ स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ । मतदान स्थलका रुपमा प्रयोग हुने विद्यालय, सरकारी कार्यालयहरु, स्वास्थ्य चौकीलगायतका संस्था वैशाख २५ गतेभित्रै हस्तान्त्रण गर्न आयोगले आग्रह गरेको छ । मतदान बिहान ७ देखि साँझ ५ बजेसम्म हुनेछ ।

स्थानीय तहको निर्वाचन

विशेष