News

जेठको पहिलो साता कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने प्रमका सल्लाहकारकाे खुलासा

जेठको पहिलो साता कांग्रेस सभापति देउवा प्रधानमन्त्री बन्ने प्रमका सल्लाहकारकाे खुलासा
वैशाख - २० । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले पहिलो चरणको निर्वाचन सम्पन्न भएलगत्तै जेठको पहिलो साता कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन्। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सल्लाहकार खनालले स्थानीय तहको पहिलो चरणको निर्वाचनपछि देउवा प्रधानमन्त्री भए पनि अहिलेकै कांग्रेस–माओवादी गठबन्धन कायम रहने विश्वास दिलाए । ‘जेठको पहिलो साता काँग्रेस सभापति देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ’, सल्लाहकार खनालले भने, ‘कांग्रेस र माओवादीबीच भएको भद्र सहमति तोडिँदैन्।’ खनालले विगतमा सत्ता समिकरणका लागि भएका भद्र सहमति तोडिएका थुप्रै उदाहरण भएकोले अहिले त्यस्तो फोहोरी प्रवृत्ति नदाहोरिने स्पष्ट पारे। उनले प्रचण्ड–देउवाबीचको वर्तमान गठबन्धन नतोडिने स्पष्ट पार्दै भने, ‘हामीबीच भएको सहमती अनुसार स्थानीय तहको वैशाख ३१ गतेको पहिलो चरणको निर्वाचन लगत्तै देउवाजी प्रधानमन्त्री बन्नुहुन्छ, ढुक्क भएहुन्छ।’ उनले बजेट र अर्को चुनावको तालमेल कसरी मिलाउने भन्नेबारेमा गम्भीर छलफल भइरहेकाले सहमति अनुसार नै यसमा निर्णय लिइने बताए। खनालले जेठ १५ गते नै बजेट ल्याउनेगरि सरकारले गृहकार्य थालेको समेत बताएका छन्।

विशेष