विदेश

पाकिस्तानमा चार आतंककारीलाई फाँसी

पाकिस्तानमा चार आतंककारीलाई फाँसी
वैशाख २० । पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी आक्रमणमा संलग्नता रहँदै आएको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको छ । फाँसीका सजाय पाएका ती आतंककारी प्रतिबन्धित समूह तेहरिक ए तालिबान पाकिस्तानसँग आवद्ध रहेको जानकारी दिइएको छ । सन् २०१४ को डिसेम्बरमा पेसावरको एक सैनिक विद्यालयमा भएको भीषण आक्रमणपछि पाकिस्तानमा सैनिक अदालतको स्थापना भएको थियो । सैनिक विद्यालयमा भएको त्यस आक्रमणमा परी १३५ जना बालबालिकासहित १५० व्यक्तिको मृत्यु भएको थियो । त्यस भयानक आक्रमणपछि स्थापना भएको सैनिक अदालतले आतंककारीको पहिचान गरी फाँसीको सजाय दिने गरेको छ । गत मार्चमा पाकिस्तानी संसदले थप दुई वर्षको लागि सो सैनिक अदालतलाई अनुमोदन गरेको थियो । गत जनवरीमा नै त्यस अदालतको दुई वर्षको अवधि समाप्त भएको थियो । सिन्ह्वा

फाँसी

विशेष