News

परराष्ट्रमन्त्री डा महत सिङ्गापुर प्रस्थान

परराष्ट्रमन्त्री डा महत सिङ्गापुर प्रस्थान
वैशाख - २० । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत थाइल्यान्डस्थित नेपाली राजदूतावास र सिङ्गापुरस्थित नेपाली अवैतनिक महावाणिज्यदूतावासद्वारा बिहीबार सिङ्गापुरमा आयोजना गर्ने नेपाली पर्यटन, व्यापार तथा लगानी सम्बन्धी सम्मेलनमा सहभागिताका लागि बुधबार त्यसतर्फ प्रस्थान गरे । सिङ्गापुरमा रहँदा उनले सो सम्मेलनलाई सम्बोधन गर्नुका साथै सिङ्गापुरका विदेश मामिला एवम् मानवसंशाधन सम्बन्धी उपमन्त्री जोसेफिन तेओसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र मन्त्री डा महत शुक्रबार सिङ्गापुरबाटै भारतका लागि प्रस्थान गर्नेछन् । भारतीय राजधानी नयाँ दिल्लीस्थित नेपालका लागि विभिन्न मुलुकका गैरआवासीय राजदूतहरुको यही मे ५ देखि आयोजना गरिने दुई दिने सम्मेलनको परराष्ट्रमन्त्री डा महत र भारतीय विदेशमन्त्री सुस्मा स्वराजले संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । सो सम्मेलनमा नेपालको आर्थिक कुटनीतिअन्तर्गत आर्थिक विकास, व्यापार तथा लगानी प्रवद्र्धन, पर्यटनलगायतका विषयमा परराष्ट्र सचिव शङ्करदास वैरागीसहित नेपाल र भारतका विज्ञको प्रस्तुति रहने छ । मन्त्री डा महत आगामी शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

परराष्ट्रमन्त्री डा प्रकाशशरण महत

विशेष