News

महालेखा परीक्षकमा सचिव टंकमणी शर्माकाे नाम सिफारिस

महालेखा परीक्षकमा सचिव टंकमणी शर्माकाे नाम सिफारिस
वैशाख – २० । संवैधानिक परिषद्को बैठकले लामो समयदेखि रिक्त रहेको महालेखा परीक्षकमा सचिव टंकमणी शर्मालाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । उमेर हदबन्दीका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो । बुधवार साँझ बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गर्ने निर्णय गरेको हो । संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ । शर्मा अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका छन् । सचिवबाट अवकाश हुनुअघि उनलाई महालेखा परीक्षक सिफारिस भएका छन् ।

विशेष