विदेश

काबुलमा आत्मघाती कार बम बिस्फोट, आठ स्थानीयको मृत्यु, तीन अमेरिकी सैनिक घाइते

काबुलमा आत्मघाती कार बम बिस्फोट, आठ स्थानीयको मृत्यु, तीन अमेरिकी सैनिक घाइते

वैशाख – २० । अफगानिस्तानको काबुलमा आत्मघाती कार बम हमलामा परी कम्तीमा आठ जना सर्वसाधरणको मृत्यु भएको छ । सोही घटनामा परी तीन जना अमेरिकन सैनिक घाइते भएका छन् । बुधबार भएको आक्रमण अमेरिकी सैनिकलाई लक्षित गरी गरिएको बताइएको छ । विस्फोटन अमेरिकी दूतावासको छेउमा भएका हो । जहाँ अमेरिकी सैनिकले सैनिक अभ्यास गरिहेका थिए । सरकारका प्रवक्ता नजिव दनिशले आठ जना सर्वसाधारणको मृत्यु भएको र २५ जना घाइते भएको बताएका छन् । ‘यी सवै सर्वसाधारण थिए,’ उनले भने । अमेरिकी सैनिकका प्रवक्ता क्याप्टन बिल सल्भेनले आफ्ना तीन जना सैनिक घाइते भएको पुष्टि गरेका छन् । आत्मघाती कार बम बिस्फोटनको जिम्मा स्लामिक स्टेट लिएको छ । स्लामिक स्टेटले पछिल्लो समय अफगानिस्तान र पाकिस्तानमा आत्मघाती बम आक्रमण गराउँदै आएको छ ।

विशेष