विदेश

इरानको कोइलाखानीमा पहिरो २१ को मृत्यु ७० घाइते

इरानको कोइलाखानीमा पहिरो २१ को मृत्यु ७० घाइते
वैशाख २१ । इरानको उत्तरी गोलेस्टन प्रदेशको एक कोइला खानीमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । दुर्घटनामा करीब ७० जना घाइते भएको स्थानीय अधिकारीलाई उधृत गर्दै बीबीसीले समाचार बनाएको छ । ग्यास चुहिएर विष्फोट भएकोसमेत बताइएको छ । खानीभित्र परेका केहीलाई भने उद्दार गरिएको थियो । पहिरो गएपछि सुरुङजस्तो बनेको ठाउँमा ग्यास भरिएकाले उद्धार गर्न कठिन भएको बताइएको छ । सरकारी सञ्चारमाध्यमहरुले खानीमा पहिरो गएका बेला करिब ५ सय कामदार रहेको जनाएका छन् ।

विशेष