विदेश

जसले खिचिन आफ्नै मृत्युको फोटो

जसले खिचिन आफ्नै मृत्युको फोटो

बैशाख २१ – अमेरिकी सेनाले आफ्ना एक महिला फोटोग्राफरले लिएको तस्बिर सार्वजनिक गरेको छ जसमा उनले आफूलगायत अन्य चार अफगान सैनिकको मृत्युको पललाई क्यामराको लेन्सभित्र कैद गरेकी थिइन् ।

२२ वर्षीया महिला फोटोग्राफर हिल्डा क्लेटन र अन्य चार अफगान सैनिकको सन् २०१३ को जुलाई २ तारिखमा प्रशिक्षणको क्रममा भएको बम बिस्फोटमा मारिएका थिए ।

अमेरिकी सेनाले उक्त धमाकामा मारिएका एक अफगानले खिचेका तस्बिर पनि जारी गरेको छ । क्लेटन उनलाई फोटो पत्रकारिता सिकाउँदै थिइन् ।

मिलिट्रि रिभ्यु पत्रिकाले ती तस्बिरलाई प्रकाशित गरेको हो । ती तस्बिर क्लेटनको परिवासँग अनुमती लिएपछि प्रकाशित गरिएको हो ।

Bidesh

विशेष