विदेश

आतंककारी भन्दै सेनाले गोली हानी अाफ्नै मन्त्रीको हत्या

आतंककारी भन्दै सेनाले गोली हानी अाफ्नै मन्त्रीको हत्या
वैशाख – २१ । सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका सेनाको गाली लागी मृत्यु भएको छ । सेनाले मन्त्री सिराजीमाथि स्लामिक लडाकू ठानेर गोली प्रहार गरेको हो । सोमालियाको राष्ट्रपति कार्यालय नजिकै कारमा गइरहेका बेला उनीमाथि सुरक्षाकर्मी गोली चालाएका थिए । उनको हत्या भएको सूचना तथा सञ्चार मन्त्री अब्दुराहमन ओमर ओस्मनले पुष्टी गरेका छन् । मन्त्री सिराजीको हत्याको कारणका बारेमा अनुसन्धान गर्न सरकारले छुट्टै टोली पनि खटाएको उनले जानकारी दिए । ‘मैले यो दुःखद् जानकारी गराउनु परेको छ की सोमालियाका सार्वजनिक कार्य र पुनःनिर्माण मन्त्री अब्बास अब्दुल्लाही सेख सिराजीको बुधबार बेलुका मोगादिसुमा हत्या गरेको छ, सुरक्षा निकायहरुले घटनाको अनुसन्धान सुरु गरिसकेका छन्, उहाँको आत्माले शान्ति पाओस्,’ ओस्मनले भने । सोमालियाका एक जना बरिष्ठ प्रहरी अधिकारीले घटनाका बारेमा अनुसन्धान गर्न चार जना सुरक्षाकर्मीहरुलाई निलम्बन गरि नियन्त्रणमा लिइएको बताए । सो घटनालगत्तै इथोपया भ्रमणमा रहेका राष्ट्रपति मोहम्मद अब्दुलाही फार्मोजोले भ्रमण छोट्याएका छन् । ३१ वर्षीय सिराजी सोमालियाको सङ्घीय सदनका सबैभन्दा कान्छो सदस्य हुन् । गत मार्चमा मन्त्री परिषद्को सदस्य भई सार्वजनिक कार्य र पुनर्निर्माण मन्त्री बनेका थिए । यसअघिपनि सोमालियामा लडाकू ठानेर सेनाले आफ्नै कमान्डर र सहकर्मीमाथि गोली प्रहार गरेको घटना सार्वजनिक भएको थियो ।

विशेष