News

तीन दलका नेतासँगको छलफलपछि सभामुख पुगिन् राष्ट्रपति निवास

तीन दलका नेतासँगको छलफलपछि सभामुख पुगिन् राष्ट्रपति निवास
वैशाख २१ । राष्ट्रपति विद्यादेवी भण्डारी र सभामुख ओनसरी घर्तीकाबीचमा मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक गतिविधिकाबारेमा कुराकानी भएको छ । राष्ट्रपति भण्डारीलाई भेट गर्न सभामुख घर्ती बिहीबार दिउँसो शीतल निवास पुगेकी थिइन् । आफ्नै कार्यकक्ष सिंहदरबारमा प्रमुख तीन दल नेपाली कांग्रेस, प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेतासँग छलफल गरी उनी राष्ट्रपति भण्डारीलाई भेट गर्न शीतल निवास पुगेकी थिइन् । व्यवस्थापिका–संसदमा प्रस्तुत् संविधान संशोधन प्रस्ताव, प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका–संसद सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्तावका बाँकी प्रक्रिया र स्थानीय तहको निर्वाचनका विषयमा बीचमा कुराकानी भएको सभामुख घर्तीका सन्चार सल्लाहकार बबिन शर्माले जानकारी दिए । ‘महाअभियोगको विषयमा यसअघि सदनमा स्थापित नजिरका आधारमा अगाडि बढ्ने र दलका सहमतिका आधारमा संविधान संशोधनमाथि छलफल स्थगित भएको सभामुखले राष्ट्रपतिलाई भेटमा जानकारी गराउनुभयो’–उनले भने ।

bidhya devi bhandari Onshari Gharti

विशेष