News

फास्ट ट्याक खोल्ने जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णय

फास्ट ट्याक खोल्ने जिम्मा सेनालाई दिने मन्त्रिपरिषद्को निर्णय
वैशाख – २१ । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले फास्ट ट्रयाक निर्माण गर्न नेपाली सेनालाई जिम्मा निर्णय गरेको हो । यसअघि नै फास्ट ट्याकको लागि आफू तयार रहको जानकारी सेना सरकारलाई दिइसकेको छ । सरकारले फास्ट ट्याक खोल्ने जिम्मा सेनालाई दिँदै त्यसको कार्यविधि पेस गर्ने कानुमन्त्रालयलाई जिम्मा दिएको छ । ७६ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकको उपत्यकाभित्र १२ किलोमिटर पर्छ । फास्ट ट्रयाकका लागि पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा सय मिटर जग्गा अधिग्रहण गरिएको छ । जग्गा अधिग्रहणका लागि झन्डै १ अर्ब रूपैया खर्च भइसकेको छ।

fast track Fast Track In Nepal

विशेष