News

अायाेगद्वारा स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन

अायाेगद्वारा स्थानीय तहका उम्मेदवारको अन्तिम नामावली प्रकाशन
वैशाख - २२ । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि शुक्रबार उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरेको छ । यही ३१ गते हुन लागेकाे स्थानीय तहकाे पहिलाे चरणकाे निर्वाचनका लागि अायाेगले अन्तिम नामावली प्रकाशन गरेका हाे । आयोगले स्थानीय निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेद्वारलाई चूनाव चिन्ह पनि प्रदान गरेको छ । यसअघि स्थानीय तहको पहिलो चरणको चुनावमा विभिन्न पदमा उम्मेद्वारी दिनेमध्ये एक हजार चारसय ९८ जनाले उम्मेद्वारी फिर्ता लिएका छन्न् । पहिलो चरणको निर्वाचनमा १३ हजार पाँचसय ६५ पदका लागि हुने निर्वाचनमा ४९ हजार दुईसय सातजनाको उम्मेद्वारी परेको थियो । निर्वाचन आयोगका अनुसार काठमाडौंमा ५४, ललितपुरका ३५, भक्तपुरमा ३२, काभ्रेमा २६, सिन्धुपाल्चोकमा ४५, नुवाकोटमा ७२, धादिङमा ५७, रसुवामा २७, सिन्धुलीमा १६, रामेछापमा ३३, दोलखामा ४७, मकवानपुरमा ३६ र चितवनमा ३० जनाले उम्मेद्वारी फिर्ता लिएका हुन् । कास्कीमा ३०, मनाङमा १६, स्याङजामा ५९, गोरखामा ३२, लमजुङमा ५६, तनहँुमा ४५, नवलपरासीमा ५५, बागलुङमा ९३, पर्वतमाा ४०, म्याग्दीमा २६, मुस्ताङमा १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । त्यसैगरी सल्यानमा २५, रुकुममा ५६, सुर्खेतमा ३९, दैलेखमा ६६, जाजरकोटमा २४, कालीकोटमा १२३, मुगुमा ३०, डोल्पामा ३४, जुम्लामा ६६, हुम्लामा ६१ जनाले नाम फिर्ता लिएको निर्वाचन आयोगले जनाएको छ । आयोगले पहिलो चरणको निर्वाचनमा उम्मेदवारी दिनेलाई बिहीबार १० बजेसम्म नाम फिर्ता लिने समयसीमा तोकेको थियो । स्थानीय निकायको पहिलो चरणको निर्वाचन आगामी बैंशाख ३१ गते हुदैछ ।

निर्वाचन आयोग

विशेष