News

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु
वैशाख - २२ । झापाको शिवसतासी-११ दुधेस्थित सडकखण्डमा बसको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओखलढुङ्गा बर्णालु-१ रुम्जाटार घर भई झापाकै कन्काई-३ बस्ने २४ बर्षिय लक्ष्मण दाहाल रहेका छन् । दुर्घटनामा परी घाईते भएका उनको उपचारका क्रममा बि एण्ड सि अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । शुक्रबार बिहान सवाँ १० बजे पूर्व पश्चिम राजमार्गमा को १ ख ४८९२ नम्बरको बसले वन टेस्ट मोटरसाईकललाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा संलग्न बस सहित चालकलाई ईलाका प्रहरी कार्यालय झिलझिले झापाले नियन्त्रणमा लिएको छ ।

सडक दुर्घटना

विशेष