विदेश

आकस्मिक विस्फोटनमा १२ लडाकुको मृत्यु, २३ लडाकु घाइते

आकस्मिक विस्फोटनमा १२ लडाकुको मृत्यु, २३ लडाकु घाइते
वैशाख २२ । अफगानिस्तानको घानी प्रान्तमा भएको आकस्मिक विस्फोटनमा परी १२ जना लडाकुको मृत्यु भएको छ भने, अरु २३ जना लडाकु घाइते भएका छन् । रक्षा मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार उनीहरु आफैले राखेको विस्फोटक पदार्थ विस्फोटन भई त्यसैमा नै परी ती लडाकू मारिएका र घाइते भएका हुन् । ‘घानी प्रदेशको अब बान्ड जिल्लामा लडाकू विस्फोटन पदार्थ बनाउने कार्यमा व्यस्त थिए, त्यही बेलामा विस्फोटक पदार्थ विस्फोट भयो, १२ जना लडाकु मारिए र २३ जना लडाकु घाइते भए,’ मन्त्रालयले जारी गरेको वक्तव्यमा भनिएको छ । मृत्यु हुनेमध्ये अधिकांश बम बनाउने व्यक्तिहरु र विदेशी लडाकुहरु रहेका मन्त्रालयको भनाई छ । मन्त्रालयका अनुसार तालिवानी लडाकूहरुले सरकारी सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्न यस्ता विस्फोटक पदार्थहरु बनाउने गर्दछन् । यस्ता विस्फोटक पदार्थबाट आम नागरिकहरु पनि पीडित हुने गरेका छन् । अफगानिस्तानमा भइरहेको द्वन्द्वका क्रममा यस वर्षको पहिलो तीन महिनामा मात्रै ७१५ आमनागरिकको मृत्यु भएको छ भने अरु एक हजार ४६० भन्दा बढी घाइते भएका अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जनाएको छ । यस अवधिमा मृत्यु भएकामध्ये विस्फोटक पदार्थ विस्फोटनमा परी मृत्यु हुने आमनागरिकको सङ्ख्या ८६ रहेको छ भने १३२ जना घाइते भएका छन् । सिन्ह्वा

Afghanistan war

विशेष