News

१३१ गुन्डाहरुमा प्रहरीको निगरानी

१३१ गुन्डाहरुमा प्रहरीको निगरानी
वैशाख–२३ । स्थानीय तहको निर्वाचनमा सुरक्षा चुनौती दिन सक्ने एक सय ३१ ‘गुन्डा’हरुको सूची बनाएर प्रहरीले उनीहरुमाथि निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी कार्यालयले महानगरीय अपराध महाशाखासहित काठमाडौं, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित बिहीबार परिपत्र गरेको हो । परिपत्रमा केही पुराना गुन्डा नाइकेहरुको नाम भने छैन । सूचीमा अधिकांश नयाँ गुन्डाहरु छन् । चुनावमा उनीहरुले उम्मेदवार तथा मतदातालाई धाकधम्की दिन सक्ने भएकाले सबैलाई निगरानीमा राख्न थालिएको महानगरीय प्रहरी कार्यालयले जनाएको छ । –नयाँ पत्रिकाबाट

प्रहरी स्थानीय तहको निर्वाचन

विशेष