News

जेठको दोस्रो सातामै ट्याक्सी नंबर वितरण

जेठको दोस्रो सातामै ट्याक्सी नंबर वितरण
वैशाख २३ । भूकम्प पिडित परिवारलाई यही जेठको दोस्रो साता ट्याक्सी वितरण गरिने भएको छ । यतायात विभागले यही जेठ १३, १४ र १५ गते गोलाप्रथाद्वारा एक हजार पाँच सयवटा ट्याक्सी नम्बर वितरण गर्ने जनाएको छ । गत साउन ५ देखि ५ भदौसम्म सरकारले १० वटा जिल्लाका भूकम्पबाट अतिप्रभाव परिवारका लागि सहुलियतमा ट्याक्सी उपलब्ध गराउने घोषणा गरेको थियो । उक्त घोषणाअनुसार वितरण गराउन विभागले ट्याक्सी नंबर उपलब्ध गराउन आवेदन खुला गरेपछि एक लाख ५१ हजार भूकम्प प्रभावित परिवारले आवेदन दिएका थिए । तर यसुमा पनि विभागले आवेदनको छानबिन गरि एक लाख ४९ हजार ५५१ जनाको नामवाली तयार गरेको छ । आवेदन खुलेलगत्तै आवेदन दिनेको संख्या अत्याधिक मात्रामा बढेपछि विभागले गोला प्रथाद्वारा एक हजार पाँच सय ट्याक्सी नंबर वितरण गर्न लागेको थियो । सिन्धुपाल्चोकबाट २५ हजार गरेर सबैभन्दा बढि आवेदन परेको छ । सबैभन्दा कम रसुवाबाट दुई हजार नौ सय आवेदन परेको विभागले जनाएको छ । जानकारीअनुसार ललितपुरको च्यासलस्थित फुटबल मैदानमा गोलाप्रथा गरिने भएको छ । यसलाई अझ पारदर्शी बनाउन टेलिभिजनबाट प्रत्यक्ष प्रशारणको व्यवस्था पनि गरिएको विभागले जनाएको छ । दृष्टिविहिन व्यक्तिमार्फत चिट्ठा खुला गरिनेछ । यसका सार्थ भूकम्प प्रभावित जिल्लाका प्रतिनिधि, नागरिक समाजलगयतका सरोकारवालाहरुको पनि गोलाप्रथामा सहभागिता हुनेछ । गोलाप्रथाबाट एक हजार पाँच सय परिवारले ट्याक्सी नम्बर पाएपछि बैंकमार्फत गर्ने या आफैँ पैसा लगानी गर्ने काममा भने सबै व्यक्तिहरु स्वतन्त्र रहनेछन् ।

विशेष