विदेश

विद्यालयमा रासायनिक ग्यास फैलिदा २०० विद्यार्थी अस्पतालमा

विद्यालयमा रासायनिक ग्यास फैलिदा २०० विद्यार्थी अस्पतालमा
वैशाख - २३ । भारतको एउटा विद्यालयका झन्डै २०० जना विद्यार्थी शनिबार अस्पताल भर्ना भएका छन्। विद्यालयमा पढाई भइरहेका बेला रासायनीक ग्यास फैलिएर विरामी भएपछि उनीहरुलाई अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ। विषाक्त ग्यासका कारण विद्यार्थीको आँखा, घाटीलगायतका अङ्गमा नकारात्मक असर परेर अफ्ट्यारो भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्। नयाँदिल्लीमा रहेको एक विद्यालय नजिकैको उद्योगका लागि ल्याइएको ग्यास अकस्मात चुहिएको प्रहरीको भनाइ छ। 'झन्डै दुई सय बालबालिका नजिकैका चार ओटा अस्पतालमा भर्ना भएका छन्, गम्भीत तथा सिकिस्त बिरामी त कोही पनि छैनन्, सबै सामान्य अवस्थामा छन्,' एक जना प्रहरी उपप्रमुख रोमिल बानीयाले पत्रकारसँग भने। उनले ग्यास चुहावटका बारेमा अनुसन्धान गरेर दोषीलाई कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाइसकिएको पनि बताए। भारतमा ग्यास चुहावटका घटना असामान्य होइन। यसअघि सन् २०१४ मा छत्तिसगढमा रहेको एउटा स्टील कारखानामा ग्यास चुहावट हुदा छ जनाको मृत्यु भएको थियो।

भारत

विशेष