विदेश

टर्कीका १ सय ७ न्यायाधिश र सरकारी वकिल निलम्वीत

टर्कीका १ सय ७ न्यायाधिश र सरकारी वकिल निलम्वीत
वैशाख - २३ । टर्कीका न्यायाधिश र सरकारी वकिल गरी एक सय सात जना जनालाई शुक्रबार निलम्बन गरिएको छ । गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन् । टर्कीको न्यायाधिश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको सरकारी समाचार संस्था अनादुलले जनाएको छ । सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उनी विदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भएको थियो । कूुको प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो । एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल कूको प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट यसअघि नै बर्खास्त गरेका थियो । पत्रकार, उच्चस्तरीय व्यापारीलयागत हजारौंलाई पक्राउ गरिएको थियो । टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन ९एफइटिओ०को संलग्नता रहेका आरोप लागेको थियो । अमेरिकामा स्वघोषित निर्वासनमा रहेका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो । सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उनी सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल कूुको प्रयासमा आफुहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए । गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् ।

टर्की

विशेष