विदेश

कश्मिरमा गोली हानाहान, चार मारिए

कश्मिरमा गोली हानाहान, चार मारिए
बैशाख २४ । भारतको जम्मु कश्मिरमा सुरक्षाकर्मी र आतंकवादीबीच गोली हानाहान हुँदा चार जनाको मृत्यु भएको छ । कुलगाम जिल्लाको मीरबजारमा ट्राफिक व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको आक्रमणमा एक सुरक्षाकर्मी र एक आतंकवादीसहित चार जनाको मृत्यु भएको हो । आतंकवादीले आक्रमण गरेपछि सुरक्षाकर्मीले प्रतिकार गर्दा भएको भिडन्तमा उनीहरुको मृत्यु भएको हो । घटनामा केही सुरक्षाकर्मी घाइते भएका छन् । घटनालगत्तै जम्मु कस्मिरको सुरक्षा व्यवस्था कडा पारिएको छ । आक्रमणमा संलग्न भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Kasmir

विशेष