मनोरञ्जन News

'ग्याङ्गस्टर ब्लूज' को टिजर सार्वजनिक

'ग्याङ्गस्टर ब्लूज' को टिजर सार्वजनिक
वैशाख २४ । हेमराज बिसी निर्देशित फिल्म ग्याङ्गस्टर ब्लूजुको टिजर रिलिज भएको छ । टिजरमा आशिरमान देशराज जोशी, आना शर्मास, संयम पुरी र रोजिशा शाही ठकुरी देखिएका छन्। टिजरमा आशिरमान आनामा ग्याङस्टर लुक्समा देखिएका छन् । आशिरमानको यो पहिलो फिल्म हो । फिल्म निर्माणको घोषणा भएदेखि नै चर्चामा रहेका उनी टिजरमा बोल्ड देखिएका छन् । भदौ २ लाई प्रदर्शन मिति तय गरेको फिल्मको प्रचारलाई थालनी गर्दै शनिबार निर्माण टिमले टिजर बाहिर ल्याएको हो । रिलिजको केही घण्टामै युट्युवमा टिजरप्रति सकारात्मक प्रतिक्रिया व्यक्त भएको छ । फिल्म शैलेन्द्र डि कार्कीले खिचेका हुन् । ग्याङ्गस्टर ब्लूजुमा कालिप्रसाद बाँस्कोटाको संगीत छ। फिल्मलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् ।

विशेष