विदेश

बोको हरामको अपहरणमा परेका ८२ जना बालिका मुक्त

बोको हरामको अपहरणमा परेका ८२ जना बालिका मुक्त
बैशाख २४ । नाइजेरियामा बोको हरामको अपहरणमा परेका ८२ जना बालिका मुक्त भएका छन् । नाइजेरियाको बन्दी गृहमा रहेका बोको हरामका केही कार्यकर्ता छाड्ने सर्तमा उनीहरुलाई मुक्त गरिएको बोको हरामले जनाएको छ । उनीहरुलाई राष्ट्रपति मोहमद बुहारीको जिम्मा लगाइने बताइएको छ । बोको हरामको अपहरणमा परेका अन्य १ सय ९५ जना छात्राको अवस्था भने अझै अज्ञात छ । इस्लामिक लडाकु समुह बोको हरामले तीन वर्षअघि चिबोक गाउंँको स्कुलबाट २ सय ७० भन्दा बढी स्कुले छात्रा अपहरण गरेको थियो । अपहरणमा परेका केही छात्रा भने भाग्न सफल भएका थिए छन् ।

Boko Haram

विशेष