News

बंगलादेशी सेक्स वर्करले भारतीय प्रधानमन्त्रीसंग मागिन मद्दत यस्तो छ कारण

बंगलादेशी सेक्स वर्करले भारतीय प्रधानमन्त्रीसंग मागिन मद्दत यस्तो छ कारण

वैशाख २४ । बंगलादेशी एक सेक्स वर्कर महिलाले प्रधानमन्त्री नरेन्द्र मोदीसंग मदत मागेकी छन् ।

बंगलादेशमा गार्मेन्ट फ्याक्ट्रीमा मासिक नौ हजार रुपैयाँमा काम गरिरहेकी २१ वर्षिय महिलालाई जब भारतमा राम्रो काम पाइन्छ दलालको फन्दामा मुम्बई पुगिन् ।

दलालको माध्यमबाट भारतीय यौन बजारमा बेचिएकी उक्त बंगदेदेशी महिलालाई मुम्बईमा ५० हजारमा बेचेका थिए । उनलाई एक नेपाली महिलालाई बेचिदिएको बताइएको छ । उक्त महिलाले मुम्बईमा वेश्यालय चलाइरहेको बताइएको छ ।

उनी देहब्यापारीको फन्दामा परेपछि बिभिन्न शहरहुँदै पुणेको रेडलाईट एरियाबाट प्रहरीले गिरफ्तार गरेको थियो ।  अहिले उनी बंगलादेशको दुतावासमा शरणमा राखिएको समेत बताइएको छ । उनलाई अब सर्बै कारबाही पुरा गरी बंगलादेश फर्काउने बताईको छ । उक्त नारी बंगलादेशकी अन्य नारी जस्तै लाग्छिन र उनलाई दलालले फसाएका थिए ।

उनले बंगलादेश जाने बेलामा प्रधानमन्त्री नरेन्द्र मोदीलाई एक मर्म स्पर्शी पत्र लेखेकि छन् । जसमा उनले केही ग्राहकबाट पाएको टिप्सका पांच सय र हजारका नोटहरु भएको र त्यसलाई साट्न सहयोग गरिदिनका लागि मद्दत माग्दै उक्त पत्र लेखेकी हुन् । उक्त पत्रमा उनले पत्रमा मैले यी रुपैया अत्यन्त कष्ट र कलंकमा कमाएको धन हो यसलाई साट्न अनुरोध गर्दछु ।

युत्त भावुक चिट्ठीलाई भारतीय प्रधानमन्त्री नरेन्द मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई ट्वीट गरिएको छ ।

https://twitter.com/ResQ_Foundation/status/859612345756254208

विशेष