विदेश

अार्इएसकाे अात्मघाती अाक्रमणमा दुर्इकाे मृत्यु, ६ घाइते

अार्इएसकाे अात्मघाती अाक्रमणमा दुर्इकाे मृत्यु, ६ घाइते
वैशाख–२४ । आतंकवादी संगठन इस्लामिक स्टेट (आईएस) का आत्मघाती आक्रमणकारीहरूले आइतवार उत्तरी इराकको एक आधार इलाकामा आक्रमण गर्दा दुईजनाको मृत्यु भएको अनि ६ जना घाइते भएको सुरक्षास्रोतले जनाएको छ । यसका अलावा दुईजना लडाकुको आफ्नो भेस्ट पड्काउँदा मृत्यु भएको र तीन अन्य लडाकुलाई कुर्दिश पेशमर्गा शक्तिले मारेको बताइएको छ । ‘उनीहरूले कुर्दिश पेशमर्गाको जस्तो लुगा लगाएका थिए र दाह्री पनि हामीले जस्तै काटेका थिए,’ एक अधिकारीले रोयटर्सलाई बताए । आईएसले एक वक्तव्य निकालेर घटनाको जिम्मेवारी लिएको छ र आफूले दर्जनौं दुश्मनलाई मारेको र घाइते बनाएको बताएको छ । इराकी बलहरूले अमेरिकी नेतृत्वको गठबन्धनअन्तर्गत रही आईएससँग लडाईं गरिरहेका छन् । तर आज आक्रमण भएको आधार इलाका लगायतका धेरै ठाउँ अझै पनि लडाकुको कब्जामा रहेको छ । रोयटर्स

आक्रमण

विशेष