मोनिकाको यसरी गरिन्, नेपालमै पहिलोपटक तेस्रोलिङ्गी विवाह (फोटोफिचर)
-सागर बुढाथोकी तेस्रो लिङगीं मोनिका शाहीले आज आइतबार रिर्पोटस क्लबमा कार्यक्रममा गरेर विवाह गरेकी छिन् । पत्रकार सम्मेलन गर्दै शाहीले सुदुर पश्चिमकै रमेशनाथ योगीसंग विवाह गरेकी हुन् । शाही तेस्रो लिङ्गी हुन भने योगी पुरुष हुन् ।
नेपालको कानुनमा तेस्रो लिङ्गी विवाह गर्ने प्रावधान अहिलेसम्म बनेको छैन । मोनिका भन्छिन्–‘ मैलै नेपालको कानुनलाई परिमार्जन होस भन्नकै लागि यो निर्णय गरकी हुँ । अहिले हाम्रो प्रेम विवाह भएको छ । हामी खुसी छाँै । हाम्रो विवाहले अन्य तेस्रो लिङ्गीहरुलाई पनि प्रेरणा दिन्छ । सम्भवत तेस्रो लिङ्गी विवाह दक्षिण एसियामा हामीले पहिला गरेका हौँ ।’
शाही र योगीको ६ महिनाअघि भेट भएर प्रेम बसेको थियो । त्यही प्रेमलाई सार्थकता दिन विवाह गरेको उनीहरु बताउँछन् । समाज तथा परिवारबाट जे जस्तो अवस्था आएपनि उनीहरुले नछुट्ने वाचा गरेका छन् ।
शाही नेपालमा पहिलो पटक नागरिता र पासपोर्ट लिने तेस्रो लिङ्गी हुन् । उनको अर्को परिचय थपिएको छ । उनी विवाह गर्ने पहिलो तेस्रो लिङ्गी समेत बनेकी छिन् । विगत लामो समयदेखि राप्रपा नेपालको राजनीतिमा समेत सक्रिय उनी तेस्रो लिङ्गींको हकहितको लागि आवाज उठाउदै आएकी छिन् ।
उनीहरुले कुनै भव्यताका साथ विवाह गरेनन् । कार्यक्रममा एक अर्कालाई माला लगाएर विवाह सम्पन्न भयो । विवाह कार्यक्रममा भावुक हुदैँ शाहीले भनिन्–‘समाजसंग सधै लडिरहे । आफुले चाहेको सोचेको पुरा गर्न सकेको छु । तपाईहरु सबैलाई साक्षी राखेर बिवाह गरेको छु । यसलाई सकारात्मक रुपमा हेरिदिन आग्रह छ ।’