विदेश

बस दुर्घटनामा २६ जनाको मृत्यु

बस दुर्घटनामा २६ जनाको मृत्यु
वैशाख–२४ । नाइजेरियाको दक्षिण पश्चिम क्षेत्रमा पर्ने लागोसदेखि इबाडानसम्मको राजमार्गमा शनिबार भएको दुर्घटनामा कम्तीमा २६ जनाको मृत्यु भएको छ । दुई वटा १८ सिटे बस दुर्घटनामा परेको ओयो राज्यका सडक सुरक्षासम्बन्धी कार्यालयका प्रमुख युसुफ सलामीले जानकारी दिए । घटनामा परी बालबालिकासहित ११ जना घाइते भएको र उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको उनले बताए । प्रत्यक्षदर्शीहरुले दुर्घटनापछि दुवै बसका यात्रुहरु चिन्नै नसकिने गरी जलेको बताएका छन् । सडक दुर्घटनामा परी धेरै जनाको मृत्यु हुने देशहरुमध्ये नाइजेरिया विश्वमै अग्रपङ्क्तीमा पर्दछ । सडकको अवस्था नाजुक, राम्रोसँग मर्मत नगरिएका सवारीसाधान, ट्राफिक नियमको उलङ्घन, चालकहरुको हेलचक्रयाइँ र अनुगमनको अभावका कारण दुर्घटना धेरै हुने गरेको अधिकारीहरुको भनाइ छ । रासस/सिन्ह्वा

नाइजेरिया बस दुर्घटना मृत्यु

विशेष