News

मुग्लिन नारायणगढ सडक आजदेखि २४ घण्टै खुला

मुग्लिन नारायणगढ सडक आजदेखि २४ घण्टै खुला

वेशाख २५ । चितवनको मुग्लिन नारायणगढ सडक आयोजनाले वैशाख ३१ गतेको निर्वाचनलाई मध्यनजर गर्दै सोमबारदेखि उक्त सडकमा यातायात बन्द नगर्ने भएको छ ।

आयोजनाका ईन्जिनियर शिव खनालका अनुसार सबै मजदुरहरु पनि चुनावका लागि घर जाने, अन्य क्षेत्रबाट समेत मतदाताहरु पनि आउजाउको क्रम चल्ने तथा चुनावी कार्यक्रमहरु पनि भइरहने भएकाले सोमबारदेखि १० दिन बाटोखुला गर्ने निर्णय गरिएको हो ।

यसअघि अहिले उक्त सडक विहान १० देखि ४ बजेसम्म ६ घण्टा बन्द गरेर निर्माण कार्य गरिंदै आएको थियो । जेठ ३ गतेसम्म बन्द नगरिने आयोजनाले जनाएको छ । अहिलेसम्म उक्त सडक खण्डमा ४७ प्रतिशत काम पुरा भएको खनालले जानकारी दिए । समयमै निर्माण सम्पन्न नभएकाले आगामी पुस पहिलो हप्तासम्मका लागि समय थप गरेर निर्माण कार्य हुँदै आएको भनाइ छ ।

उक्त सडक खण्डको ३४ किलोमिटर क्षेत्रमा तीन चरणमा ६ वटा निर्माण कम्पनीले अहिले काम भइरहेको छ । उक्त सडक भएर दैनिक १० हजार सवारी साधानहरु आवतजावत गर्ने गरेको चितवनका प्रहरी प्रमुख दीपक थापा बताउँछन् । बर्षाका बेलामा भने यात्रुहरुले सास्ती पाउँदै आएका छन्। अघिल्लो महिनामा यहाँ सुख्खा पहिलो खसेर दुई जनाको ज्यान गएपछि सतर्कता बढाइएको उनको भनाइ छ ।

नेपाल भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजना अन्तरगत विश्व बैंकको सहयोगमा सडक चौडापार्ने काम भइरहेको छ ।

विशेष