फ्रान्समा ३९ वर्षे युवाले सम्हाले राष्ट्रपतिको कमान

वैशाख २५ । फ्रान्समा ३९ वर्षीय इमानुएल म्याक्रोन राष्ट्रपति पदमा निर्वाचित भएका छन् ।
राष्ट्रपति निर्वाचनमा म्यारिन ली पेनलाई पराजित गर्दै उनी मुलुककै सबैभन्दा कम उमेरमा कार्यकारी पदमा पुग्न सफल भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । उनले ६६.०६ प्रतिशत र उनका प्रतिद्वन्द्वीले ३३.९४ प्रतिशत मत मात्र प्राप्त गरेका छन् ।
उनी सन् १९५८ यता पुराना दुई ठूला दलहरुभन्दा बाहिरबाट पहिलो राष्ट्रपतिसमेत भएका छन् । फ्रान्सको इतिहासमा नयाँ अध्याय सुरु भएको उनले बताएका छन् ।
France