विदेश

चीनले अघि सारेकाे ‘वान बेल्ट वान रोड’ प्रस्तावमा हस्ताक्षर गर्ने सरकारकाे निर्णय

चीनले अघि सारेकाे ‘वान बेल्ट वान रोड’ प्रस्तावमा हस्ताक्षर गर्ने सरकारकाे निर्णय
वैशाख – २५ । नेपालले चीनको ‘वान बेल्ट वान रोड (ओबीओर) परियोजनामा हस्ताक्षर गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनबाट नेपाल–भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा समर्थन जनाउँदै हस्ताक्षर गर्नेे निर्णय गरेको हो । बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिए । ‘यही वैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमन्डल चीन जाने निर्णय भएको छ’–उनले भने–‘प्रतिनिधिमन्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्नेछ ।’ यही मेमा हुन लागेको एक अन्तरराष्ट्रिय बैठकमा चीनको यो परियोजनामा नेपालले हस्ताक्षर गर्नेछ । यो परियोजनालाई अन्य २८ देशले पनि हरियो झन्डा देखाइसकेका छन् ।

Civil War in Sudan Sudan

विशेष