विदेश

यौन सन्तुष्टिका लागि योग

यौन सन्तुष्टिका लागि योग

सुखी र सन्तुष्ट यौन जीवनका लागि शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो हुनुपर्छ । यसमा योगको भूमिका प्रमाणित भइसकेको छ । उत्तेजना समस्या, शीघ्रपतन, यौनप्रति उदासीनताजस्ता पुरुष र महिलाका यौन समस्या योगद्वारा हटाउन सकिने बताइन्छ ।

योग र ध्यान योगी र सन्न्यासीसँग जोडिएका विषय भएकाले योगका कारण ‘सेक्स पावर’ बढेको कुरा सेयर गर्न जो कोही हिचकिचाउँछन् । योगका गुरुहरूले पनि योग गराउँदा यी–यी आसन तथा मुद्राले यौन क्षमता वृद्धि गर्छ भनेर भन्दैनन् । तर, योगले पुरुषमा हुने इरेक्टाइल डिस्फंक्सन (लिंग उत्तेजित नहुने समस्या), शीघ्र पतन र महिलामा योनी ओभानो हुने (फ्रिजिडिटी) जस्ता यौन समस्या हट्ने योग गुरुहरू दाबी गर्छन् । ‘योगका धेरै फाइदामध्ये यौन क्षमता वृद्धि पनि एक हो,’ योग गुरु डा. योगी विकासानन्द भन्छन, ‘गृहस्थी जीवन बिताइरहेकाहरूले योगबाट आफ्नो यौन क्षमता बढाउन सक्छन् ।’

लिंग उत्तेजित नहुने समस्या भएका पुरुषहरूमा बिहे गरेपछि श्रीमतीसँग सहवास गर्न सक्छु कि सक्दिनँ ? भन्ने डर मनमा हुन्छ । जुन बढ्दै गएपछि ‘एन्जाइटी’ (चिन्ता) मा परिणत हुन्छ । जहाँ डर हुन्छ, त्यहाँ उत्तेजना हुँदैन । योग तथा ध्यानले डर हटाउन मद्दत गर्ने भएकाले कसैले डरकै कारण सहवास गर्न सकिरहेको छैन भने योग प्रभावकारी माध्यम हुने योग प्रशिक्षकहरूको दाबी छ ।

‘सामान्यतयाः पुरुषको २५ वर्षसम्म पेट लाग्दैन । पेट लाग्नासाथ पुरुषको ‘सेक्सुअल ड्राइभ’ कमजोर हुन्छ । पेट भएको मान्छेले राम्रो सेक्स नै गर्न सक्दैन,’ योगी विकासानन्द भन्छन, ‘योगले स्वस्थ शारीरिक बनावटका लागि पनि काम गर्ने भएकाले नियमित योग गर्नेहरूको यौन जीवन पनि राम्रो हुने गरेको हो ।’

योग शारीरिक स्फूर्ति बढाउन र मानसिक तनाव कम गर्न गरिन्छ । योगबाट हुने फाइदा वैज्ञानिक रूपमा पनि पुष्टि भएका छन् । त्यसैले योगप्रतिको आकर्षण बढ्दै गएको छ । योग साधुसन्त र जोगीहरूले मात्र गर्ने होइन भन्ने तथ्य सर्वसाधारणलाई बुझाउनुपर्ने योग गुरुहरू बताउँछन् । ‘योगले के–केमा कसरी फाइदा पु्यार्याउछ भनेर खुलस्त बताउने हो भने धेरै मानिसले यसबाट फाइदा लिन सक्छन,’ योगी विकासानन्द भन्छन्न, ‘योगका कारण सेक्स पर्फर्मेन्स बढछ र सेक्ससम्बन्धी धेरै समस्या समाधान हुन्छन् भन्ने सत्य व्यापक प्रचार गर्नुपर्छ ।’ उनी सेक्सका कुरा लुकाउन नहुने बताउँछन् । ‘गृहस्थी जीवन चलाउन चाहिने अनिवार्य तत्व हो, सेक्स,’ उनी भन्छन, ‘सेक्ससम्बन्धी समस्यालाई लुकाए वा दबाएर जीवन सहज ढंगले चल्न सक्दैन ।’

शुक्रबार

Japan Earthquake

विशेष