बारामा याे वर्ष पाँच हजार मेट्रिक टन मुसुरो उत्पादन
वैशाख - २६ । बारामा आव २०७३/७४ मा पाँच हजार पाँच सय ९५ मेट्रिक टन मुसुरो उत्पादन भएको छ। जिल्ला कृषि विकास कार्यालयका प्रमुख शिवरत्न साहका अनुसार कृषकले ११ हजार ६०० हेक्टरमा प्रतिहेक्टर ०.४८ मेट्रिक टनका दरले सो परिमाणमा मुसुरो उत्पादन भएको हो। गत वर्ष पाँच हजार पाँच सय ९६ मेट्रिक टन मुसुरो उत्पादन भएको थियो।
यस्तै कृषकले एक हजार नौ सय १५ हेक्टरमा तोरीखेती गर्दा प्रतिहेक्टर १.१५ मेट्रिक टनका दरले दुई हजार दुई सय दुई मेट्रिक टन तोरी उत्पादन भएको छ। गत वर्षको तुलनामा ८५ मेट्रिक टन बढी उत्पादन भएको हो।
आव २०७२/७३ मा कृषकले एक हजार नौ सय २५ हेक्टरमा प्रतिहेक्टर १.१ मेट्रिक टनका दरले दुई हजार ११७ मट्रिक टन तोरी उत्पादन भएको थियो। जिल्लामा हाल मुसुरोको मूल्य प्रतिक्विन्टल आठ हजार तथा र तोरीको मूल्य प्रतिक्विन्टल छ हजार ५०० रहेको सो कार्यालयका योजना अधिकृत विकासकुमार साहले बताए।