News

‘बाहुबली’मा पाएको राजमाता शिवगामीको भूमिकाको अवसरलाई किन त्यागिन् श्रीदेवीले ?

‘बाहुबली’मा पाएको राजमाता शिवगामीको भूमिकाको अवसरलाई किन त्यागिन् श्रीदेवीले ?
वैशाख - २६ । यतिबेला भारतीय सिनेमा जगतमा दिन प्रतिदिन किर्तिमानी राख्दै गएको फिल्म ‘बाहुबली २’ बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । फिल्मबारे यतिबेला नयाँ नयाँ रहस्य बाहिरिने क्रम चलिरहँदा यसै रहस्यमा बलिउड अभिनेत्री श्रीदेवी पनि मुछिन पुगेकी छिन् । फिल्म ‘बाहुबली’ मा राजमाता शिवगामीको भूमिकाको लागि पहिला बलिउड अभिनेत्री श्रीदेवीलाई अफर गरिएको थियो । तर, पारिश्रामिकमा असन्तुष्टि जनाउँदै श्रीदेवीले उक्त फिल्म खेल्न अस्वीकार गरेको कुरा भारतीय मिडियाले जनाएको छ । यसबारे दुखद टिप्पणी गर्दै बलिउड फिल्ममेकर राम देव भर्माले श्रीदेवीले यदि उक्त अफर स्वीकार गरेको भए बलिउडमा प्रभासको भन्दा बढि श्रीदेवीको चर्चा हुने र उनको जीवनकै उत्कृष्ट फिल्म बन्न सक्नेबारे टिप्पणी गरेका छन् ।

विशेष