News

‘कफी विथ करण’ मा जस्टिन बिबर पनि आउने

‘कफी विथ करण’ मा जस्टिन बिबर पनि आउने
वैशाख – २६ । बलिउड निर्देशक तथा निर्माता करण जोहरको सो ‘कफी विथ करण’ मा क्यानडियन गायक जस्टिन बिबर पनि देखिने भएका छन् । बिबरले भोली भारतमा लाइभ कन्सर्ट गर्न लागेका हुन् । करणको उक्त सोले अहिलेसम्मको १२ वर्षसम्मको समयमा पाँचवटा सिजन पार गरिसकेको छ भने उक्त सोले १०५ वटा एपिसोड पूरा गरिसकेको छ । रिपोर्टकाअनुसार, अन्तराष्ट्रिय सेलिब्रेटि बलिउड टिभि सोमा आउन लागेको यो पहिलो पटक हो । भारतका एलेन मानिने करणले जस्टिन उपस्थित भएको सोमा पूर्ण रुपमा न्याय गर्नेबारे भारतीय मिडियाले विश्वास जनाउँदै आएका छन् ।

विशेष