News

गृह मन्त्रीलार्इ फेरि पनि तेस्रो बरियता

गृह मन्त्रीलार्इ फेरि पनि तेस्रो बरियता

वैशाख - २६ । तेस्रो बरियतामा राखिएपछि रुष्ट भई राजीनामा नै दिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिलाई फेरि पनि बरियतामा तल परेका छन् । कमल थापालाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिँदा रुस्ट बनेर राजीनामा दिएका निधि बिजयकुमार गच्छदार सरकारमा आएपछि फेरि तेस्रोमा झरेका हुन् । मन्त्रिपरिषदको आधिकारिक वेबसाइटमा उपप्रधानसहित स्थानीय विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी सोमवार मात्रै सरकामा आएका विजयकुमार गच्छदारलाई प्रधानमन्त्रीपछि दोस्रो बरियतामा राखिएको छ । सरकारले गच्छदारलाई कमल थापाकै ठाउँमा उपप्रधान तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी दिनुका साथै बरियतामा पनि निधिभन्दा माथि राखिएको हो । गच्छदारलाई दोस्रो बरियाता दिएपछि निधि तेस्रो वरियतामा झरेका हुन् ।

विशेष