विदेश

केपी ओलीले भनेछन्, ‘हाम्रा कार्यकर्तालाई सम्झाउनु, टिकट चाहिँ राजेश हमालले भनेकै मान्छेलाई दिनू’

केपी ओलीले भनेछन्, ‘हाम्रा कार्यकर्तालाई सम्झाउनु, टिकट चाहिँ राजेश हमालले भनेकै मान्छेलाई दिनू’

वैशाख–२७ । ‘ए हुँदैन, हुँदैन ! कमरेड हुँदै हुँदैन कया । राजेश हमाल रिसाउँछ बा !’ एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई फिल्मी नायक कति मनपर्दो रहेछ भन्ने यही संवादबाट बुझिहालिन्छ ।

स्थानीय निर्वाचनका लागि पहिलो चरणका कार्यक्रम अन्तर्गत १६ गते मनोनयन पत्र दालिखा गर्ने समय झन्डै झन्डै गुज्रिन लागेको थियो । तर, एमालेको कोटेश्वरस्थित ३ नम्बर प्रदेश सम्पर्क कार्यलयमा पड्का पड्की जारी नै रह्यो । यसरी अभिनेता राजेश हमालका कारण एमालेहरु टेबुल ठोक्ने अवस्थामा पुग्नुको कारण चाही एउटा वडाको अध्यक्षको टिकटका लागि थियो ।

कपुरधारा अर्थात काठमाडौ महानगरपालिका साविकको २९ र अहिले कायम २६ नम्बर वडामा वडाध्यक्षका दुई दावेदार थिए, अर्जुनलाल प्रधान र निमा गुरुङ । यसमध्ये पार्टी केन्दस्य सदस्यमेत रहेका अर्जुनलाल अष्ट आफैले अघिल्लो दिन भोलिको मनोनयनमा जाने गरी तयार हुन भनेकी थिइन । पार्टीको पत्रसाथ निर्वाचन कार्यलयमा गएर नोनिनेसन गर्न भनी कोटेश्वर पुगेका अर्जुनाला त्यतिबेला छक्क परे, जब अष्टलक्ष्मी बातैपिच्छे हुँदैन हुँदैन भन्दै कराउन थालिन । स्थानीय कार्यकर्ता भन्दै थिए, अर्जुनाल नहुने भए निमाको नामा सही गरेर चिठी लेख्नुस । त्यसमा पनि अष्टले हुँदैन हुँदैन नै भनिन् । अनि के हुन्छ त भनेर कार्यकर्ताले पाखुरै सुर्किन थालेपछि भनिन् राजेश हमाल रिसाउँछ बा, यो मेरो बाड्यटा हो ।

अर्थात कपुरधारामा अभिनेता राजेश हमालको घरसँगै घर भएका देवेन्द्र रिमाललाई टिक दिनका लागि हमाल आफैले लविङ गरेका रहेछन् । उनले पार्टी अध्यक्ष केपी ओलीलाई मनोनयन पत्र दर्ता गर्ने दिन बिहानमात्रै पाँच पटक फोन गरिसकेका रहेछन् । केपीले आफूले अष्टलाई भनिसकेको भन्दै उनीसँग सम्पर्क गर्न भने । यसअनुसार राजेशले अष्टलाई एक एक छिनमा फोन गरेर म्याडम भएन ? भन्दै अत्याइरहेका थिए ।

उता केपीले पनि राजेश हमालजत्तिको मान्छेले भनिसकेपछि किन नाइँ नास्ती गर्नु ? भोलि उनीजस्ता मान्छे हाम्रो पक्षमा आउँदा, हाम्रो प्रचारमा हिँडदा त्यसले बेग्लै सन्देश दिन्छ । यसकारण साथीहरुलाई सम्झाउनुस । टिकट चाहिँ राजेश हमालले भनेकै मान्छेलाई दिनुस भनेर अष्टलाई फोनमा भनेछन् । –जनआस्था साप्ताहिकबाट

South Korea

विशेष