आइपीएलमा किङ्स इलाभेन पञ्जावले कोलकातालाई हरायो

वैशाख २७ । इण्डियन प्रिमियर लिग आइपीएलमा किङ्स इलाभेन पञ्जावले कोलकाता नाइट राइडर्सलाई हराएको छ ।
गएराती भएको खेलमा पञ्जावलाई कोलाकातालाई १४ रनले हराएको हो । टस हारेर पहिले व्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाउँदै एक सय ६७ रन बनाएको थियो ।
पञ्जावलाई सम्मानजनक स्कोर बनाउन ग्लेन म्याक्सवेलले ४४ रनको योगदान गरे भने रिद्धिमान शाहले ३८ रन बनाए । जवाफि व्याटिङ गरेको क्रिस लिनले ८४ रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले राम्रो स्कोर बनाउन सकेनन् । कोलकातालाई सस्तैमा समेटन पञ्जावका बलर मोहित शर्माले २ र राहुल ले पनि समान २ विकेट लिए । पञ्जावका मोहित शर्मा म्यान अफ द म्याच चुनिए । प्रतियोगिता अन्तर्गत आज गुजरात लायन्स र दिल्ली डेयरडेभिल्सबीच खेल हुने छ ।
canada
